
आजदेखि इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान सुरु हुँदैछ । यो पर्वमा इस्लाम धार्मिक परम्परा अनुसार एक महिनासम्म रोजा बस्ने परम्परा रहेकाे छ ।
यो पर्वमा सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु अगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाजको आजान सुनेर खोल्ने चलन छ । यसरी एक महिनासम्म पानी समेत नपिइ निराहार ब्रत बस्नुलाई रोजा भनिन्छ ।
यसरी बस्ने रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका परिवर्तन भइरहन्छ भने रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि खाना खाने गरिन्छ ।
उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास समते रहेकाे पाइन्छ ।
यस पर्वमा दान दिनु गरिब र दीनदुःखीको सेवा गर्नु लगायत त्याग, तपस्या र बलिदान सबै जोडिने भएकाले रोजा बस्नुलाई गर्वको विषय मानिन्छ ।