
सिन्धुलीमा हिजो साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, बसेरीमा चट्याङ लागेर तीनजना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते भएकाे बताइएकाे छ ।
घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको प्रहरीकाे भनाइ रहेकाे छ । घाइते महन्त र फुलमायाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको छ भने सुकुमायालाई थप उपचारका लागि हेटौँडा पठाइएको छ ।
हिँजाे साँझ हावाहुरी, वर्षासहित चट्याङ परेको र हावाहुरीका कारण विभिन्न स्थानमा बिजुलीका तार र खम्बाहरूमा समेत क्षति पुगेकाले बिधुत सेवासमेत अवरुद्ध भएको बताइएकाे छ ।