Advertisement Banner
Advertisement Banner

३० सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

लेनदेनको विवादमा गोली प्रहार गरि हत्या

१८ आइतबार , फाल्गुण २०८१४ महिना अगाडि

  लेनदेनको विवादमा गोली प्रहार गरि हत्या

बैतडीकाे दोगडाकेदार गाउँपालिका–८,मा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । गोली प्रहार गरेर २५ वर्षीय सुरेन्द्र विष्टको हत्या भएको प्रहरीले जनाएको छ ।

हिँजाे शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रले बताएका छन । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताइएकाे छ ।

दुई जनाबीच रकम लेनदेनको विषयलाई लिएर विवाद भएपछि विष्टलाई दाजु नातापर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । गोली प्रहारपछि कर्ण अहिले फरार रहेकाे र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।