Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

हिउँदे झरी र हिमपातसँगै किसान खुशी

१८ आइतबार , फाल्गुण २०८१२ महिना अगाडि

हिउँदे झरी र हिमपातसँगै किसान खुशी

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले माैसममा भएकाे परिर्वतनसँगै दुई दिन परेको हिउँदे झरी र हिमपात विस्तारै कम हुदै गएकाे  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहले कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेकाे छ ।

दुई दिनदेखि देशभर हल्कादेखि मध्यम खालको वर्षा भएको भएपनि आजबाट कम भएको विभागले जनाएको छ । फागुन १६ गते शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको भएपनि गएरातिदेखि नेपालबाट बाहिरिइसकेको बताइएकाे छ ।

आजबाट मौसममा सुधार भइसकेककाले वर्षा र हिमपातको सम्भावना नरहेकाे विभागकाे भनाइ रहेकाे छ । शुक्रबार र शनिबार दुई दिन उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिउँ पर्दा हिमपातले केही जिल्लामा यातायात आवागमनमा समेत प्रभाव परेकाे थियो ।

लामो समयदेखिको खडेरी परेर चिन्तित बनेका किसानका लागि हिउँदे झरी र हिमपातले खुशी बनाएकाे छ । अहिलेकाे वर्षा र हिमपातले बालीनाली सप्रिने र उव्जनी बढ्रने भएकाले किसानमा खुशी छाएकाे हाे ।