Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रधानमन्त्री ओली र जियानलुइजी बुफनबीच भेट

१९ सोमबार , फाल्गुण २०८१एक बर्ष अगाडि

प्रधानमन्त्री ओली र जियानलुइजी बुफनबीच भेट

इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । बुफनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका लागि नेपाल आएका अन्तरराष्ट्रिय गोलरक्षक बुफनलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन् ।

उक्त भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे र बुफनका परिवारका सदस्यलगायत सहभागी थियो ।

फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कप फुटबल च्याम्पियनसिप प्रतियोगिताको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज समापन गरिदैछ ।