
एमसीसी आयो, अमेरिकी सेना आउँछ, बुठ बजार्छ भन्ने प्रचार हल्ला साबित भयो । सेना आएन, दिएको सहयोग समेत फिर्ता भयो, स्थगित भयो । कम्युनिष्टहरूको अतिप्रचार कतिसम्म घातक हुनेरहेछ प्रष्ट भयो ।
घटनाक्रमले यसरी कोल्टो फेरेको देखियो कि न अमेरिकी सेना आउने भयो, न नेपालबाट चीनलाई घेर्ने चिन्ता नै सत्य सावित भयो ।
जेलेनस्कीलाई उचाल्नेले स्वार्थका लागि पछारिदिए । माओवादीलाई उचाल्ने भारतले प्रचण्डलाई सडकमा पु¥यायो । कसले सोचेको थियो, अमेरिका रूसका पक्ष र युक्रेनका विपक्षमा मतदान गर्छ ?
नेपालमा अहिलेको देशको अवस्था आँधी आउनुअघिको जस्तो छ । थोरै सन्नाटा छाएको छ । अब आँधी आउनेछ, कसकसलाई उडाउने हो ? विश्लेषकहरूको निष्कर्ष छ, नेपालको स्थिति साह्रै सकस र संकटपूर्ण भइसकेको छ ।