
काठमाडौंको थापाथली नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक अवरुद्ध भएको छ । थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा पाइप फुट्दा सडक जलमग्न भएपछी सडक अवरुद्ध भएको हो ।
उक्त स्थानमा पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ । पाइप फुटेपछि ठूलो बेगमा पानी बाहिर निस्किँदा सडक भत्किएको छ भने सडकपेटीमा समेत क्षति पुगेको बताइएको छ ।
अहिले उक्त क्षेत्र आसपासका पसलभित्र पानी पसेको छ भने सडकमा हिलो र ढुंगा छरिएका छ । गत माघ ३० गते बबरमहल क्षेत्रमा पनि खानेपानीको पाइप फुटेर जलमग्न हुँदा उक्त क्षेत्रमा आवतजावत अवरुद्ध हुनुका साथै थुप्रै पसल र घरहरुमा पानी पसेको थियो ।