Advertisement Banner
Advertisement Banner

२२ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ललितपुरमा बोरिङबाट आगोको ज्वाला निस्कियो

२० मंगलबार , फाल्गुण २०८१एक बर्ष अगाडि

ललितपुरमा बोरिङबाट आगोको ज्वाला निस्कियो

ललितपुरमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ । ललितपुरको टिकाथलीमा बोरिङको लागि पाइप गाडिएको ठाउँबाट आगोको ज्वाला निस्किएको हो ।

पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको अहिले निभाउने प्रयास भइरहेको बताइएको छ । बोरिङबाट निस्किएको आगोको ज्वाला निभाउने प्रयास भए पनि आगो ननिभेको र पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङको काम समेत रोकिएको छ ।

उक्त स्थानमा करिब तीनसय मिटर खनेपछि आगोको ज्वाला निस्किएको थियो भने भूमिगत ग्यासको कारण त्यहाँबाट आगोको ज्वाला निस्किएको हुनसक्ने अनुमान गरिएको छ ।