
विराटनगर एउटा मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले फागुन १९ गते साँझ तस्करीको आशंकामा ट्रक नियन्त्रणमा लिएको हो ।
मोरङको विराटनगर महानगरपालिका-१८, आइसिपी रोडबाट प्रहरीले युपी ८७ ९१८१ नम्बरको मालबाहक ट्रक तस्करीको आशंकामा नियन्त्रणमा लिएको बताइएको छ । बिल बिजकभन्दा बढीको सामान रहेको सूचना आएपछि ट्रक नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले जनाएका छन् ।
उक्त ट्रकमा इलेक्ट्रिक, फुड सम्पिमेट्री, कस्मेटिक, मेडिकललगायत ४५ लाख रुपैयाँ बराबरको सामान रहेको चिमरियाले बताएका छन् । प्रहरीका अनुसार ट्रक चालक भारतका मोहम्मद अस्लाम र ट्रकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।