Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

नेपाल समाज कोष्टाव्लाङ्काको अध्यक्षमा केशरबहादुर निर्वाचित

२० मंगलबार , फाल्गुण २०८१८ महिना अगाडि

नेपाल समाज कोष्टाव्लाङ्काको अध्यक्षमा केशरबहादुर निर्वाचित

नेपाल समाज एशोसियसन स्पेन कोष्टाव्लाङ्का अध्यक्षमा केशरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । समाजको तेस्रो अधिवेशनबाट उनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति छनौट भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा डा. सविता पाठक, मोति सागर पुन, हेमराज सापकोटा महासचिवमा विजय कुँवर, सचिवमा छेसाङ लोप्चन (अशिम), कोषाध्यक्षमा विना थापा अधिकारी रहेका छन् । कार्यसमिति सदस्यहरुमा राजेन्द्र दाहाल, कृष्ण पुन, सोनल पुन, पाइलट विद्यार्थी सेजल कँडेल, बलबहादुर थापा बोहरा, विप्लव काफ्ले छनौट भएका छन् ।

समाजको तेस्रो अधिवेशनबाट महिला संयोजकमा लक्ष्मी आचार्य धिताल, युवा संयोजकमा विष्णु गुरुङलाई छनौट गरिएको छ । समाजको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिति संयोजक सुरेन्द्र भुजेल थापाले शपथ गराएका थिए ।

समाजको तेस्रो अधिवेशनमा समाजका सल्लाहकार मुकुन्द लामिछाने, एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेल, एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्य, समाजका पूर्व अध्यक्ष अक्कल बहादुर बोहरा, एनआरएनए कोष्टाव्लाङ्का पूर्व अध्यक्ष देवराज सापकोटा, एनआरएनए स्पेनका पूर्वउपाध्यक्ष सृजना लामिछानेले लगायतको उपस्थिति रहेको थियो ।

दुई दशक देखि कोष्टाब्लाङ्कामा रेष्टुरेन्ट व्यवसायमा सक्रिय नवनिर्वाचित अध्यक्ष थापाले नेपाल र नेपाली कला संस्कृतिबारे विश्वलाई सन्देश दिने गरि गतिविधि संचालन गर्ने बताउदै बिगतमा झैँ आगामी दिनहरुमा पनि विपन्न तथा गरिव समुदायका लागि स्वदेशमा निरन्तर सहयोग गर्ने बताएका छन् ।

त्यसैगरी उनले गौतम बुद्ध नेपालमा जन्मिएको सन्देश फैलाएर कोष्टाव्लाङ्कामै गुम्बा-मन्दिर बनाउन पहल गर्ने प्रतिबद्धता जनाउदै स्पेनमा क्रियाशील नेपाली संघसस्थाहरुसँग हातेमालो गरेर अगाडी बढ्ने बताए ।