Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

अमेरिकाबाट निकालिएका १० नेपाली काठमाडौं आउँदै

२१ बुधबार , फाल्गुण २०८१२ महिना अगाडि

अमेरिकाबाट निकालिएका १० नेपाली काठमाडौं आउँदै

अमेरिकाले अवैध प्रवेश, गैरकानूनी बसोबास र अध्यागमनकाे कानूनविपरीत काम गरेका १० जना नेपालीलाई निष्कासन गरेकाे छ । उनीहरूलाई आज अमेरिकी चार्टर विमानमार्फत काठमाडौं ल्याउन लागिएकाे हाे ।

उनीहरू आज अमेरिकी चार्टर विमानमार्फत बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने अध्यागमन विभागले जनाएको छ । नेपाल ओर्लिएपछि उनीहरूलाई अमेरिकाले अध्यागमन विभागको जिम्मा लगाउने बताइएकाे छ । आज काठमाडौं आउने चार्टर विमान भाेलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्किने बताइएको छ ।

यसअघि जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा १ गरि २७ जना नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपाल फर्काएकाे विभागले जनाएकाे छ । माघ ७ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली स्वदेश फर्किने क्रम जारी रहेकाे छ ।

तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा झण्डै ९ हजार नेपाली विनाभिसा अमेरिका छिरेको अनुमान गरिएकाे छ ।