Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

राप्रपाद्वारा राजसंस्था पुनः स्थापनाको माग गर्दै र्‍याली

२१ बुधबार , फाल्गुण २०८१२ महिना अगाडि

राप्रपाद्वारा राजसंस्था पुनः स्थापनाको माग गर्दै र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनः स्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनसमेतकाे सहभागी काठमाडौँमा र्‍याली निकालेको हाे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मोटरसाइकल राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दु राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्‍याली निकालेको हाे । र्‍याली बबरमहलबाट निस्किएर दरबारमार्ग नारायणहिटी दरबारसम्म पुगेकाे थियाे ।

मोटरसाइकल र्‍यालीमा सहभागि राजावादी अभियन्ता भनाउँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारा लगाएउँदै राजसंस्था र हिन्दु धर्मलाई फर्काउन यो अभियान शुरु गरेकाे बताएका थिए ।