
सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । फागुन २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई सिफारिस समिति गठन गर्न स्वीकृति दिएको छ ।
आगामी चैत २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लागेपछि नयाँ गभर्नर नियुक्तका लागि सिफारिस समिति गठन गर्न लागिएकाे हाे । यसअघि अधिकारी २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नरमा नियुक्त भएका थिए ।
अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले नयाँ गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने र सिफारिस गरिएकाहरूबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने व्यवस्था रहेकाे छ ।
नयाँ गभर्नर बन्नका लागि हालका डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्र लाइनमा रहेका छन भने वर्तमान गभर्नर अधिकारी पुनः नियुक्त हुने आकांक्षामा रहेको बताइएकाे छ ।