Advertisement Banner
Advertisement Banner

२९ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

६ वटा जिल्लाका सिडिओ फेरीए

२२ बिहिबार , फाल्गुण २०८१४ महिना अगाडि

६ वटा जिल्लाका सिडिओ फेरीए

गृह मन्त्रालयले आज ६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ । सरकारले बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको हो ।

गृह मन्त्रालयले बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको हो ।

मन्त्रालयले नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ । त्यसैगरी आज रौतहटमा पठाइएका विनोदकुमार खड्का संखुवासभाको प्रजिअमा कार्यरत थिए ।