Advertisement Banner
Advertisement Banner

२२ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

चक्रपथ परिक्रमा गर्ने इभी बसमा आगलागी

२२ बिहिबार , फाल्गुण २०८१एक बर्ष अगाडि

चक्रपथ परिक्रमा गर्ने इभी बसमा आगलागी

काठमाडौँको चक्रपथ परिक्रमा रुटमा चल्ने इभी बसमा आगलागी भएको छ । काठमाडौँको धुम्बाराहीमा प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो ।  

चक्रपथ परिक्रमा रुटमा चल्ने प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको इभी बसमा आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार आज बिहान बसमा आगलागी भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसमा लागेको आगो तत्काल नियन्त्रणमा लिएको बताइएको छ । बसमा चार्ज गर्ने क्रममा आगलागी भएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नेपालमा पछिल्लो समय संचालनमा आएको विद्युतीय गाडीहरुमा बेलाबेलाला आगलागीको घटनाहरु हुने गरेका छन् । यसअघि सितापाइला चोक नजिकै पार्किङ गरेर राखिएको बागमती प्रदेश ०१०२९ च ५९६० नम्बरको सिरिज इभीमा आगलागी भएको थियो ।