Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

शिक्षक महासंघले काठमाडौंमा विरोधसभा गर्ने

२२ बिहिबार , फाल्गुण २०८१२ महिना अगाडि

शिक्षक महासंघले काठमाडौंमा विरोधसभा गर्ने

नेपाल शिक्षक महासंघले फागुन २४ गते वृहत् जुलुस तथा विरोधसभा आयोजना गर्ने भएको छ । महासंघले सरकारसंग विगतमा भएका सहमति कार्यन्वयन गराउनुका साथै विद्यालय शिक्षा ऐन जारी गर्नको लागि काठमाडौंमा वृहत् जुलुस तथा विरोधसभा आयोजना गर्न लागेको हो ।

फागुन २४ गते शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गर्न लागिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी गराएका छन् । त्यसपछि फागुन २५ गते राष्ट्रिय समितिको बैठक बस्ने भएकाले उपत्यकाबाहिर रहेका शिक्षकहरूलाई समेत आन्दोलनमा आउन आग्रह गरिएको छ ।

यसअघि २०८० असोज ३ गतेदेखि सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरूद्ध असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं माइतीघर मण्डलामा शक्ति प्रदर्शन गरेको थियो ।