Advertisement Banner
Advertisement Banner

०४ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

विमानस्थलबाट जबरजस्ती करणीका प्रतिवादी पक्राउ

२६ सोमबार , फाल्गुण २०८१२ बर्ष अगाडि

विमानस्थलबाट जबरजस्ती करणीका प्रतिवादी पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका जबरजस्ती करणीका प्रतिवादी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्धका प्रतिवादी विमानस्थलबाट पक्राउ परेका हुन् ।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका सिन्धुली कमलामाई नगरपालिका–२ चियाबारी बस्ने २७ वर्षीय आशिष बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन् ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका बुढाथोकीलाई प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । बुढाथोकीलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५  फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको बताइएको छ ।