Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

०२ आइतबार , चैत्र २०८१२ महिना अगाडि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

हिँजाे चेत्र २ गते मध्यरातदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेकाे छ । इण्डियन आयल कर्पोरेसशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नयाँ खरिद मूल्य घटेर आएकाले नेपाल आयल निगमले पनि मूल्य घटाएकाे हाे ।

निगमकाे सञ्चालक समितिको बैठकले नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेकाे हाे । पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रूपैयाँले घटाउने निर्णय गरेको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर १ सय ६० रुपैयाँ ५० पैसा, १ सय ६२ रुपैयाँ र १ सय ६३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ४८ रुपैयाँ ५० पैसा, १ सय ५० रुपैयाँ र १ सय ५१ रुपैयाँ कायम गरिएको छ ।

हाललाई खाना पकाउने एलपीजी ग्यास, हवाई इन्धनको भाउ यथावत राखिएको निगमले जनाएको छ ।