Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउँदै

०२ आइतबार , चैत्र २०८१२ महिना अगाडि

अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउँदै

अमेरिकी ट्रम्प प्रशासनले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेकाे छ । ट्रम्प प्रशासनका अधिकारीहरूले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारीका साथ सूची तयार गरेकाे हाे ।

जसका लागि अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार विदेश विभागका अधिकारी तथा अन्य विभाग र गुप्तचर एजेन्सीहरूका सुरक्षा विशेषज्ञहरूले मस्यौदाको समीक्षा गरिरहेको बताइएकाे छ । उनिहरूले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउनुपर्ने कारणमा लेखिएको विवरण पर्याप्त छ वा छैन भन्ने विषयको पुनरावलोकन गरिरहेका छन् ।

ट्रम्प प्रशासनकाे सूची अनुसार प्रतिबन्ध लागू भए ४३ देशका नागरिकहरूले अमेरिका यात्रा गर्न पाउने छैनन् । रेड, ओरेन्ज र यल्लाे सुची तयार गर्दै रेड सूचीमा परेका देशका नागरिकहरुलाई पूर्ण रूपमा यात्रा प्रतिबन्ध ओरेन्जमा परेकालाई आंशिक प्रतिबन्ध र यल्लाे सूचीमा रहेका देशहरूलाई सुरक्षा लगायतका मापदण्ड पूरा गर्नका लागि ६० दिनको समय दिइने बताइएकाे छ ।

त्यस्तै यल्लाे सूचीमा परेका देशका नागरिकहरूलाई आप्रवासी वा पर्यटक भिसामा यात्रा गर्ने प्रतिवन्ध लगाइए पनि धनी र व्यवसायिक यात्रुहरू भने अमेरिका जान सक्ने छन् ।

रेड सूचीमा परेका पूर्ण प्रतिबन्धित देशहरू : अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला, यमन रहेका छन् ।

त्यसैगरि ओरेन्ज सूचीमा परेका आंशिक प्रतिबन्धित देशहरू : बेलारूस, इरिट्रिया, हाइटी, लाओस, म्यानमार,पाकिस्तान, रसिया, सियर्रा लियोन ,दक्षिण सुडान रहेकाे छ ।

यल्लाे सूचीमा परेका सुरक्षा मापदण्ड पूरा गर्न समय दिइएका देशहरू : एंगोला, एन्टिगुआ एन्ड बार्बुडा, बेनिन, बुर्किना फासो, क्यामरून,केप भर्डे,चाड, रिपब्लिक अफ कंगो, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, डोमिनिका, इक्वेटोरियल, गुएना, गाम्बिया, लाइबेरिया, मलावीमाली, माउरीटानिया, सेन्ट किट्स एन्ड नेविस, सेन्ट लुसिया, साओ टोम एन्ड प्रिन्सिप, भानुआटा, जिम्बावे लगायतका देश रहेका छन् ।

यी प्रस्तावित सूचीको अन्तिम स्वीकृति भएमा यी देशका नागरिकहरूलाई अमेरिकी भिसा प्राप्त गर्न कठिनाइ हुन सक्छ । यस प्रतिबन्धले विश्वव्यापी यात्रामा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ ।