Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

फागुनमा घरजग्गा कारोबारबाट ४ अर्ब बढी राजस्व सङ्कलन

०२ आइतबार , चैत्र २०८१२ महिना अगाडि

फागुनमा घरजग्गा कारोबारबाट ४ अर्ब बढी राजस्व सङ्कलन

चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै  ४ अर्ब बढीको राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा देशभरको घरजग्गाको कारोबारबाट ४ अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको हो ।  

घरजग्गाको कारोबारबाट गत माघ महिनाको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको बताइएको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेकाले राजस्व सङ्कलनमा क्रमशः वृद्धि हुँदै गएको हो ।  

विभागको विवरणमा उल्लेख भएअनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट १ अर्ब ५७ करोड ७१ लाख ६४ हजार सङ्कलन भएको थियो ।

गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड १२ लाख, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख, मङ्सिरमा ३ अर्ब ८७ करोड, पुसमा ४ अर्ब २५ करोड २२ लाख र माघमा ३ अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

जसमा मालपोत कार्यालय कलंकीले फागुन महिनामा २२ करोड ६१ लाख, चाबहिल कार्यालयले २१ करोड ६८ लाख ५२ हजार, लगनखेल कार्यालयले रु ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले ३ करोड ९४ लाख ४१ हजार राजस्व संकलन गरेका थिए ।