Advertisement Banner
Advertisement Banner

२८ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

स्युचाटारमा आगलागी हुँदा लाखौको क्षेती

०२ आइतबार , चैत्र २०८१४ महिना अगाडि

स्युचाटारमा आगलागी हुँदा लाखौको क्षेती

काठमाडौँको स्युचाटारमा आगलागी हुँदा लाखौको क्षेती भएको छ । गएराति नागार्जुन नगरपालिका–७, स्युचाटारमा एउटा कच्ची घरमा आगलागी हुँदा  १५ लाख बराबरको क्षति भएको हो ।

नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घरमा राति पौने ९ बजेको समयमा आगो लागेको थियो । झन्डै १ घण्टासम्म लागेको आगोका कारण १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिएका छन् ।

चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएको बताइएको छ । सडक साँघुरो भएकाले ठुलो दमकल जान नसक्ने भएपछी सानो दमकलको सागयाताले आगी नियन्त्रणमा लिएको थियो ।

चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिका लगायत अन्य विभिन्न क्षेत्रका थप चारवटा दमकल आए पनि सडक साँघुरो हुँदा त्यहाँ जान नसकेको बताइएको छ । आगो निभाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो भने स्वम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन गरिएको थियो ।

विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको उक्त आगलागीबाट अन्न, फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।