Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

लाइसेन्स नवीकरण गर्न महानगरको सूचना

०२ आइतबार , चैत्र २०८१२ महिना अगाडि

लाइसेन्स नवीकरण गर्न महानगरको सूचना

काठमाडौं महानगरपालिकाद्वारा निर्माण व्यवसायीलाई इजाजतपत्र (लाइसेन्स) नवीकरण गर्न सूचना निकालेको छ । महानगरमा दर्ता कायम रहेका ‘घ’ वर्गका निर्माण व्यवसायीलाई यही चैत मसान्तभित्र लाइसेन्स नवीकरण गर्न आग्रह गरिएको हो ।

नवीकरणका लागि प्रत्येक निर्माण व्यवसायीले इजाजतपत्रको अवधि समाप्त भएको तीन महिनाभित्र कर चुक्ता प्रमाणपत्र तथा फर्म वा कम्पनीको दर्ता नवीकरण र आवश्यक दस्तुर तिरेको कागजातसहित निवेदन पेश गर्नुपर्ने महानगरको भनाइ छ ।

यसरी निवेदन पेश गर्दा पासबुक भरी अघिल्लो आर्थिक वर्षमा कम्पनीले गरेको कामको प्रगाति विवरण पनि पेश गर्नुपर्छ । पासबुक विवरण अद्यावधिक नगर्ने कम्पनीको लाइसेन्स नवीकरण गर्न महानगर बाध्य नहुने स्पष्ट पारिएको छ । साथै, तोकिएको समयावधिभित्र इजाजतपत्र नवीकरण नगरिएमा लाइसेन्स स्वतः खारेज हुने सूचनामा उल्लेख छ ।