Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

एसइईको सम्पूर्ण तयारी पूरा

०३ सोमबार , चैत्र २०८१२ महिना अगाडि

एसइईको सम्पूर्ण तयारी पूरा

यसवर्ष २०८१ काे माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८१ चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको हाे ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार एसइई परीक्षाको सबै तयारी पूरा गरेर बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएका छन् । यसवर्ष ५ लाख १४ हजार ७१ जना परीक्षार्थी एसइई परीक्षामा सहभागी हुदैछन् ।

एसइई परीक्षाका लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएकाे छ । बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म हुने परिक्षा चैत ७ गतेदेखि सुरु भएर १९ गतेसम्म सञ्चालन हुनेछ । गतवर्ष  ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थी सहभागी भएका थिए भने यसवर्ष ४९ हजार दुई सय ८६ जना परीक्षार्थी बढेकाे बताइएकाे छ ।

यसवर्ष पनि लेटर ग्रेडिङ प्रणालीमै परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ । यसवर्ष काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृह गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरिएकाे परीक्षा नियन्त्रक पौडेलले जानकारी गराएका छन् ।