Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

ललितपुरकाे भिआईपी क्षेत्रमा निषेधाज्ञा जारी

०३ सोमबार , चैत्र २०८१२ महिना अगाडि

ललितपुरकाे भिआईपी क्षेत्रमा निषेधाज्ञा जारी

ललितपुर जिल्लाकाे केही संवेदनशिल क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएकाे छ ।

आजदेखि लागू हुने गरि दुई महिनाका लागि निषेधाज्ञा जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिएका छन् । आजदेखि निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको बताइएकाे छ ।

जस अन्तर्गत पुल्चोकस्थित युएन हाउस, पूरानो मन्त्री निवास र भैंसीपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रमा आजदेखि दुई महिनासम्म निषेधाज्ञा जारी रहने छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) अनुसार प्रशासनले लामो समयदेखि उक्त स्थानमा निषेधाज्ञा लगाउँदै आइरहेको छ ।