Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, चार जना घाइते

०३ सोमबार , चैत्र २०८१२ महिना अगाडि

भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, चार जना घाइते

भारतीय नम्बर प्लेट भएको गाडी मकवानपुरमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भारतीय नम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा दुर्घटना भएकाे हाे ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको उक्त भारतीय नम्बर प्लेटको गाडी र ब्रेक फैल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

अाज बिहान दुर्घटना भएको उक्त गाडिमा १७ जना सवार रहेका मध्ये ४ जना घाइते भएकाे बताइएकाे छ । ब्रेक फेल भएर बायाँ साइडमा ठोक्किएर दुर्घटना भएकाे गाडीमा उत्तरप्रदेशको रायबरेलीका ५५ वर्षीय राजकरण तिवारी, ३८ को जितेन्द्र प्रताप सिंह, ४४ को अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

घाइतेहरूलाई उपचारका लागि हेटौडा पठाइएको समेत प्रवक्ता डिएसपी अर्यालले जानकारी दिएका छन् ।