
आइतबारदेखि काभ्रेको गोरखनाथ सामुदायिक वनमा आगलागी भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–३, बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि आगलागी सुरु भएको हो ।
बेथानचोक गाउँपालिका–३ का वडाअध्यक्ष कुबेर ढकालका अनुसार रातिको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएका र आज बिहानदेखि आगलागी नियन्त्रणको भइरहेको बताइएको छ । उक्त आगलागी भएको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा भने जोखिम नभएको उनको भनाइ रहेको छ ।
अहिले प्रहरी, जनप्रनितिनिधि, वन उपभोक्ता समिति, जनसमुदाय सबैलाई खबर गरेर स्थानीय र प्रहरी घटनास्थल पुगेर निभाउने प्रयास गरिरहेको बताइएको छ ।