Advertisement Banner
Advertisement Banner

२८ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

शैक्षिक सत्र अगावै भर्ना खुलाए कारवाही

०४ मंगलबार , चैत्र २०८१४ महिना अगाडि

शैक्षिक सत्र अगावै भर्ना खुलाए कारवाही

काठमाडौँ महानगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुन केहि समय बाँकि रहेकाे बेला भर्ना खुलाए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले मातहतका सबै विद्यालयलाई पत्राचार गर्दै शैक्षिक सत्र सुरु नभई नियमावली विपरीत भर्ना सुरू गरे प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई नियमावली विपरीत भर्ना नगराउन सचेत गराउँदै उक्त चेतावनी दिएको हो । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीको नियम ४८ को उपनियम ६ मा कसैले पनि शैक्षिक सत्र सुरु नभई भर्ना गराउन नपाउने व्यवस्था गरेकाे छ ।

तर, महानगरपालिका भित्रका कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै भर्ना गर्न थालेको जनगुनासोपछि भर्ना खुला नगर्न नगराउन विद्यालयहरूलाई सचेत गराएकाे हाे ।