Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

पूर्वराजा ज्ञानेन्द्र पूजा आराधनाका लागि गोरखा जाने

०५ बुधबार , चैत्र २०८१२ महिना अगाडि

पूर्वराजा ज्ञानेन्द्र पूजा आराधनाका लागि गोरखा जाने

गोरखा जिल्लामा रहेको विभिन्न धार्मिक स्थलको पूजा आराधना तथा दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । गोरखाको गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा आराधना तथा दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र यसै हप्ता गोरखा जाने भएका हुन् ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र लामो समय नेपालगञ्ज र पोखरामा बसेर अघिल्लो साता मात्रै काठमाडौं फर्किएका थिए । यसै हप्ता विभिन्न मन्दिर तथा शक्तिपीठको पूजा आराधना तथा दर्शनका गर्नका लागि गोरखा जान लागेको पूर्वराजा ज्ञानेन्द्रका सम्वाद सचिव फणिराज पाठकले जनाएका छन् ।

अघिल्लो साता पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कंदा उनको समर्थनमा विमानस्थलदेखि निर्मल निवाससम्म भिड लागेको थियो । त्यसपछि पूर्वराजाका समर्थक र राजावादीहरुले राजा र राजसंस्थाको पक्षमा विभिन्न भेलाहरु आयोजना गर्दै आएका छन् ।