Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

म्याग्दीमा जीप दुर्घटनामा परि एक जनाको मृत्यु

०५ बुधबार , चैत्र २०८१२ महिना अगाडि

म्याग्दीमा जीप दुर्घटनामा परि एक जनाको मृत्यु

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पश्चिम म्याग्दीको सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग १ ज ५६१२ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा परि अरु तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त जीपमा चालकसहित ५ जना सवार रहेकोमा ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । चालकको लापरवाहीका कारण दुर्घटना भएको र दुर्घटना बारे थप अनुसन्धान भईरहेको बताइएको छ ।