Advertisement Banner
Advertisement Banner

२८ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

प्रधान सेनापतिद्वारा दुई सैनिक अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

०५ बुधबार , चैत्र २०८१४ महिना अगाडि

प्रधान सेनापतिद्वारा दुई सैनिक अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाका हालै बढुवा भएका दुई सैनिक अधिकारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधान सेनापति सिग्देलले हालै बढुवा भएका रामप्रसाद अधिकारीलाई उपरथी र मुकेश बाटाजुलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

आज जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस्तै हिँजो नेपाली सेनाले १३ जना जर्नेल (सहायक रथी) र र दुई जना कर्णेल (महासेनानी) लाई सरुवा गरेको थियो ।