Advertisement Banner
Advertisement Banner

१७ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

स्वास्थ्य मन्त्रालयमा दुई सचिवका लागि आवेदन माग

०५ बुधबार , चैत्र २०८१एक बर्ष अगाडि

स्वास्थ्य मन्त्रालयमा दुई सचिवका लागि आवेदन माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त दुई अतिरिक्त सचिवका लागि आवेदन माग गरिएको छ । बढुवा समितिको सचिवालयले आज सूचना जारी गर्दै १२ औं तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग गरेको हो ।

स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्ने जनाउँदै सचिवालयले २०८१ असार मसान्तसम्म पाँच वर्ष सेवा अवधि पुरा भएका एघारौं तहका कर्मचारीहरुले आवेदन दिन सक्ने जनाएको छ ।

‘नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव रिक्त पद संख्या २ (दुई) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्नुपर्ने भएको हुँदा २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले आवेदन दिन सक्नेछन्,’ सूचनामा उल्लेख छ ।

आवेदन दिने म्याद १५ दिन तोकिएको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखामा आवेदन दर्ता गराउन सकिने छ । स्वास्थ्य सचिव डा.रोशन पोखरेल र अतिरिक्त सचिव डा.दीपेन्द्र रमण सिंह गत फागुन १२ गते अवकाशमा गएका थिए ।

सचिवमा डा.विकास देवकोटाको नियुक्तिपछि अहिले मन्त्रालयमा १२ औं तहको अतिरिक्त सचिवका दुई पद खाली छन् ।