Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

भोलिदेखि एसईई शुरु, जापानबाट २९ जना सहभागी हुँदै

०५ बुधबार , चैत्र २०८१२ महिना अगाडि

भोलिदेखि एसईई शुरु, जापानबाट २९ जना सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ । चैत १९ गतेसम्म सञ्चालन हुने परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ जनाले आवेदन फाराम भरेका छन् ।

तीमध्ये २९ जना विद्यार्थीले जापानबाट एसईई परीक्षा दिन लागेका हुन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलबाट परीक्षा दिने छन् ।

यस्तै, नेपालस्थित केन्द्रीय कारागार सुन्धारासहित विभिन्न कारागारबाट ३५ जनाले एसईई परीक्षा दिँदैछन् । बोर्डका अनुसार दुई हजार ८० वटा परीक्षा केन्द्र तोकिएको छ । ११ हजार २१७ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ ।

परीक्षामा समन्वयका लागि ७७ हजार आठ सय कर्मचारी खटिनुका साथै ३० हजार सुरक्षाकर्मी तैनाथ गरिने बोर्डले जनाएको छ । एसईईमा सबैभन्दा बढी विद्यार्थी काठमाडौंबाट झण्डै ४० हजार सहभागी हुँदैछन् भने सबैभन्दा कम मनाङबाट ४३ जना रहेका छन् ।

डेढ सय परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर एक जना निरीक्षक र ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने बोर्डले बताएको छ । भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने एसईई परीक्षा चैत १९ गते सम्पन्न हुनेछ ।