Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

संविधानप्रदत्त जिम्मेवारी पूरा गर्ने सेनाको प्रष्टीकरण

०६ बिहिबार , चैत्र २०८१२ महिना अगाडि

संविधानप्रदत्त जिम्मेवारी पूरा गर्ने सेनाको प्रष्टीकरण

नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको प्रष्टीकरण दिएको छ । केही दिनयता सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको टिकाटिप्पणी हुन थालेसँगै सेनाले स्पष्ट पारेको हो ।

एक विज्ञप्ति जारी गर्दै सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको लागि संविधानप्रदत्त जिम्मेवारीहरु पूरा गर्न सदैव कटिबद्ध रहेको बताएको छ ।

साथै, सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रममार्फत सार्वजनिक गर्दै आएको पनि जनाएको छ ।

‘विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ,’ विज्ञिप्तिमा भनिएको छ ।

सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरु सम्प्रेषण गर्न पनि अनुरोध गरिएको छ ।