
ब्रेन क्यान्सरबाट पीडित पत्रकार संगीता बानियाँको निधन भएको छ । लामो समयदेखि चितवनको पत्रकारिता क्षेत्रमा योगदान दिँदै आएकी बानियाँको उपचारको क्रममा आज बिहान निधन भएको हो ।
चितवन मेडिकल कलेजमा पत्रकार बानियाँको ब्रेन क्यान्सरको उपचार भइरहेकोमा उपचारकै क्रममा आज बिहान ३ बजे उनको निधन भएको हो । स्वर्गीय बानियाँको पार्थिव शरीर भरतपुर-१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिने बताइएको छ ।
पारिवारिक श्रोतका अनुसार बानियाँको उपचारका लागि आर्थिक संकलन अभियान समेत सञ्चालन गरिएको थियो । बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिए पनि स्तन क्यान्सर पूर्णरुपमा निको भएको र पछि ब्रेन क्यान्सर देखिएपछि उनको अवस्था गम्भीर बन्दै गएको ।
पत्रकार महासंघ चितवन शाखाको सक्रिय सदस्य समेत रहेकी बानियाँ स्थानीय शिवशक्ति रेडियोमा लामो समयदेखि कार्यरत थिइन् ।