
नेपालमा घुम्न आएका क जना भारतीय नागरिक कालीगण्डकीमा डुबेर बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश गोरखपुर जिल्लाका २५ वर्षीय शिवम पाण्डे नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
पाण्डे पाल्पाको बगनासकाली-५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । नदीमा डुबेर बेपत्ता भएका पाण्डेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाण्डेसहित नेपाल घुम्न आएका अन्य अन्य तीन जना सकुशल रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।