Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

ललितपुरको विभिन्न स्थानमा बिजुली बन्द

०७ शुक्रबार , चैत्र २०८१२ महिना अगाडि

ललितपुरको विभिन्न स्थानमा बिजुली बन्द

आज ललितपुरका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । नेपाल बिद्युत प्राधिकरणले एक सूचना जारि गर्दै पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।

जसअन्तर्गत दिउँसो १२ देखि २ बजेसम्म भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुण्डोल, पुरानो मन्त्री क्वार्टर, सम्झिखेल, अरूण थापा चोक क्षेत्रमा लाइन काटिने छ । पाटनको १३२ केभी सब स्टेसनको प्राविधिक कामका लागि लाइन काटिन भएको हो ।

प्राधिकरणका अनुसार निर्धारित कार्य तोकिएको समयअगावै सम्पन्न गरी नियमित बिजुली उपलब्ध गराउने जनाइएको छ । यसअघि पनि प्राधिकरणले विभिन्न कार्यका लागि बिजुली कटौती गरेर काम सम्पन्न गर्दै आइरहेको छ ।