Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

कामदारलाई खुकुरी प्रहार गर्ने पक्राउ

०७ शुक्रबार , चैत्र २०८१२ महिना अगाडि

कामदारलाई खुकुरी प्रहार गर्ने पक्राउ

मोरङमा आफ्नै घरमा काम गर्ने कामदारलाई खुकुरी प्रहार गरि भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-२, का २८ वर्षीय सक्षम सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

सापकोटाले आफ्नै घरमा काम गर्ने ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएकोमा प्रहरीले नेपाल–भारत सीमा क्षेत्र नजिकै बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सापकोटालाई प्रहरीले करिब ५ घण्टामा पक्राउ गरेको बताइएको छ ।

सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर-१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरीले हानेका थिए । खुकुरी प्रहारबाट घाँटीमा चोट लागेका गम्भीर घाइते गुप्तालाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ ।