Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

सञ्चय कोषमा ३८ कर्मचारीको दरखास्त माग

०७ शुक्रबार , चैत्र २०८१२ महिना अगाडि

सञ्चय कोषमा ३८ कर्मचारीको दरखास्त माग

कर्मचारी सञ्चय कोषले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ । कोषले एक सूचना प्रकाशन गर्दै विभिन्न तहका लागि ३८ जना कर्मचारी नियुक्त गर्न दरखास्त माग गरेको हो ।

कोषले आज एक सूचना जारी गर्दै आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो । जसमा प्रबन्धक १ जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र प्रमुख सहायक गरी २२ जना सहित ३८ जना कर्मचारीका लागि दरखास्त मागेको हो ।

कोषले हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक–फरक तोक्दै इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्ने बताएको छ । साथै झुटा विवरण उल्लेख गरि अनलाइन फारम भरेमा त्यसको जिम्मेवारी स्वयं हुनुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।