Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

पूर्वराष्ट्रपतिद्वारा पाँच जना सम्मानित

०७ शुक्रबार , चैत्र २०८१२ महिना अगाडि

पूर्वराष्ट्रपतिद्वारा पाँच जना सम्मानित

पूर्वराष्ट्रपति डा.रामवरण यादवले विभिन्न क्षेत्रका पाँच जनालाई सम्मान प्रदान गरेका छन् । पूर्वराष्ट्रपति डा.यादवले आमसञ्चार, शिक्षा, वाणिज्य, भाषा, प्रविधि क्षेत्रका पाँच जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान गरेका हुन् ।

हिँजो चैत्र ७ गते फेयर एक्सप्रेस मिडियाद्वारा आयोजित कार्यक्रममा भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थी, नेपाल इञ्जिनियरिङ परिषद्का सदस्य मिथिलेशकुमार झा, शैक्षिक परामर्शदाता राजेन्द्र बराल, शिक्षाविद् बादल प्रधान, नेपाल वाणिज्य संघका उपाध्यक्ष उर्मिला श्रेष्ठ र राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललाई पूर्वराष्ट्रपति डा.यादवले सम्मान गरेका हुन् ।

लोकतान्त्रिक आन्दोलनपछि शिक्षामा धेरै परिवर्तन भए पनि गुणस्तरमा सुधार नभएको पूर्वराष्ट्रपति डा.यादवको भनाई रहेको थियो । उनले पछिल्लो पुस्ताले दुनियाँका बारेमा धेरै बुझे पनि आफ्नो देशको बारेमा खासै नबुझेको बताए ।

देशको राजनीतिक इतिहासका विषयमा धेरै बालबालिकाले दुई पेज लेख्न नसक्ने बताउदै पूर्वराष्ट्रपति डा.यादवले त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । उनले मातृभूमिलाई नबुझ्ने व्यक्ति उत्पादन गरेर राष्ट्र निर्माण सम्भव नभएको भन्दै राज्यले देशलाई बुझाउने सामग्री पाठ्यक्रममा अनिवार्य रुपमा समावेश गरिनु पर्ने धारणा राखेका थिए ।