Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

देशभरका नगरपालिकामध्ये सिद्धार्थनगर नगरपालिका उत्कृष्ट

०७ शुक्रबार , चैत्र २०८१२ महिना अगाडि

देशभरका नगरपालिकामध्ये सिद्धार्थनगर नगरपालिका उत्कृष्ट

नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको छ । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै संघले उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ बाट सम्मान गरेको हो ।

संघको ३२औँ स्थापना दिवसका अवसरमा देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको सिद्धार्थनगर नगरपालिकालाई काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ बाट सम्मान गरेका हुन् ।

संघले देशभरका नगरपालिकाहरूको विभिन्न सूचक हेरेर हरेक वर्ष उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । यसवर्ष सिद्धार्थनगरले सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा उत्कृष्ट कार्यसम्पादन गर्दै मुलुकभरका नगरपालिकालाई पछि पारेर ८५ प्रतिशत अङ्क प्राप्त गरेको पनि संघले जनाएको छ ।