Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

उपराष्ट्रपति र पाकिस्तानी राजदूत वीच शिष्टाचार भेट

०९ आइतबार , चैत्र २०८१२ महिना अगाडि

उपराष्ट्रपति र पाकिस्तानी राजदूत वीच शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका महामहिम राजदूत अबरार एच. हाश्मीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा 
दुई देशबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा र समाजसेवामा पाकिस्तानी सहयोग, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानी लगायतका विषयमा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध मजबुत र समधुर रहेको बताएका थिए भने आगामी दिनमा अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्ने विषयमा जोड दिएका थिए भने मन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र परराष्ट्र सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र मार्फत् सम्बन्धलाई गतिशीलता र गुणस्तरीय बनाउँदै जानुपर्ने विषय उठान गरेका थिए ।
उहाँले व्यापार र आर्थिक क्षेत्रहरुमा सहयोग विस्तारमा जोड दिँदै लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध लगायत पारस्परिक सहयोगका क्षेत्रमा दुवै देश मिलेर काम गर्नुपर्ने बताउनुभयो । ‘नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान हो ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘विदेशी लगानीकर्तालाई सहजीकरण गर्न नेपालले उद्योग विभागमा एकल विन्दु सेवा केन्द्र स्थापना गरेको छ ।’ उहाँले जलविद्युत, पर्यटन, पूर्वाधार, आईसीटी आदिमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई नेपाल स्वागत गर्न चाहेको पनि बताउनुभयो ।
‘दुवै देशले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन र सार्क लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै बताउँदै सार्कलाई सकृय पारेर अघि बढ्नुपर्ने, सार्कको अध्यक्षता नेपालले पाकिस्तानलाई हस्तान्तरण गर्न उत्सुक रहेको उपराष्ट्रपतिको अभिव्यक्तिमा महामहिम राजदूतले सहमति जनाएका थिए । 
उपराष्ट्रपतिले पाकिस्तानका महामहिम राष्ट्रपति असिफ अली जरदारीलाई नेपालका तर्फबाट शुभकामना दिएका थिए ।
नेपालका लागि पाकिस्तानका महामहिम राजदूत अबरार एच. हाश्मीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध सुमधुर रहेकोमा सन्तोष व्यक्त गर्दै यो सम्बन्ध अझ मजबुत पार्न सकृय रहने बताउँदै नेपालका लागि पाकिस्तानको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त भएको थियो । पाकिस्तानले खासगरी शिक्षा क्षेत्रमा विशेष सहयोग गर्दै आएको छ ।