Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

विश्व मौसम विज्ञान दिवस मनाइँदै

०९ आइतबार , चैत्र २०८१२ महिना अगाडि

विश्व मौसम विज्ञान दिवस मनाइँदै

जलवायुसम्बन्धी समस्या र त्यसबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रमको आयोजना गर्दै आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । जलवायुसम्बन्धी विविध खाले समस्या समाधानका लागि सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

यसअघि जलवायुसम्बन्धी समस्या नियन्त्रणका विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम गर्दै आएकोमा यसवर्ष पनि त्यस्तै कार्यक्रमा आयोजना गरि दिवस मनाउन लागिएको हो । त्यस्तै जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएको छ ।

त्यसैगरी विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने सङ्कटपूर्ण परिस्थिति उत्पन्न भएकोमा संयुक्त राष्ट्रसंघले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ।