Advertisement Banner
Advertisement Banner

२८ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

सङ्खुवासभामा चट्याङ लागेर ४० भेडा मरे

०९ आइतबार , चैत्र २०८१४ महिना अगाडि

सङ्खुवासभामा चट्याङ लागेर ४० भेडा मरे

सङ्खुवासभा जिल्लामा एउटा भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका छन् । जिल्लाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कस्थित भेडीगोठमा वर्षासँगै परेको चट्याङले ४० वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जनाएका छन् ।

शुक्रबार राति १२ बजे  २ सय ५० भेडा रहेको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेको बताइएको छ । रातको समयमा भेडीगोठमा हावाहुरीसँगै असिना पानी र चट्याङ पर्दा भेडाहरु एकै ठाउँमा मरेका थिए ।

उक्त भेडीगोठमा ४० वटा भेडा मर्दा लाखौँको क्षति भएको छ भने घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट ७ घण्टाको पैदल दूरीमा रहेको छ । उक्त घटनाको क्षतिको विवरण संकलन भइरहेको र थप जानकारी लिन इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ ।