Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

खजुरामा खेलकुदको नाममा षड्यन्त्र

१३ बिहिबार , चैत्र २०८१३ महिना अगाडि

खजुरामा खेलकुदको नाममा षड्यन्त्र

खजुरामा खेलकुदको नाममा षड्यन्त्र, भौतिक आक्रमण र आयोजकमाथि प्रश्न

खजुरा, बाँके - मार्च २६, २०२५

बाँकेको खजुरा गाउँपालिकामा जारी १०औं डाँफे कप नकआउट फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा विवाद चर्किएपछि ब्रदर्स एफसीका खेलाडीमाथि भौतिक आक्रमण भएको छ। न्यू डाँफे स्पोर्ट्स क्लबद्वारा आयोजित उक्त प्रतियोगितामा स्वर्गीय गजबहादुर सिजालीको स्मृतिमा सञ्चालित खेलमा न्यू दर्पण युवा स्पोर्ट्स क्लब र ब्रदर्स एफसीबीचको खेलका क्रममा घटना भएको हो।

खेलको २१औं मिनेटमा न्यू दर्पणका खेलाडी हरी बुढामगर ९जर्सी नम्बर २० ले कर्नर हान्दा फाउल गरेपछि रेफ्री केबी गुरुङले कार्ड देखाउन खोजेका थिए। तर, न्यू दर्पणका खेलाडीले रेफ्रीलाई धकेलेर रोकेपछि रेफ्रीले कार्ड नदेखाई गोल भएको संकेत गरे। ब्रदर्स एफसीले विरोध जनाउँदा पहिलो हाफको अन्त्यमा सुजन गुरुङ ९जर्सी नम्बर ४० लाई पहेंलो र रातो कार्ड दिइयो। रेफ्रीले खेलाडीले धकेलेको कारण रातो कार्ड दिएको दाबी गरे पनि प्रत्यक्षदर्शीले यो झूटो भएको बताएका छन्।

विवादपछि १० खेलाडीसहित मैदान फर्किएको ब्रदर्स एफसीमाथि न्यू दर्पणका खेलाडी र दर्शकले आक्रमण गरे। आयोजकले माइकबाट अपिल मात्र गर्‍यो, तर रेफ्री र लाइन्सम्यान मुकदर्शक बने। सुरक्षामा खटिएका प्रहरीले हस्तक्षेप नगरेको भए ठूलो क्षति हुन सक्थ्यो। स्थानीयको कडा विरोधपछि आयोजक मञ्चबाट ओर्लिएका थिए। आयोजकले आफ्नो गल्ती कमजोरी छताछुल्ल हुने बुझेपछि खेलको लाइभ प्रसारण रोकेको आरोप पनि लागेको छ।

ब्रदर्स एफसीका समर्थकले आयोजकमाथि पक्षपात र पूर्वनियोजित षड्यन्त्रको आरोप लगाएका छन्। ूयो खेलको नाममा बदला र आर्थिक लाभको योजना हो,ू एक समर्थकले भने। प्रतियोगिताको वैधानिकतामाथि पनि प्रश्न उठेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार स्वीकृतिबिना आर्थिक संकलन गैरकानुनी हो। ूखजुरा गाउँपालिकाले बारम्बार एउटै क्लबलाई सहयोग गरेर भ्रष्टाचार गरेको छ,ू स्थानीयको आरोप छ।

समर्थकहरूले दोषीमाथि कारबाही र निष्पक्ष खेलको माग गरेका छन्। ूखजुरालाई बदनाम गर्ने यस्तो कार्य बन्द होस्,ू उनीहरूको भनाइ छ। खजुरा गाउँपालिका र प्रशासनले हालसम्म मौनता साँधेका छन्। घटनाको छानबिन र कारबाहीको अपेक्षा गरिएको छ।