Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

दोलखामा भीरबाट लडेर एकजनाको मृत्यु

१९ बुधबार , चैत्र २०८१एक बर्ष अगाडि

दोलखामा भीरबाट लडेर एकजनाको मृत्यु

दोलखामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । दोलखाको गौरीशङकर गाउँपालिका-१ का मोहनबहादुर कार्कीको भीरबाट लडेर ज्यान गएको हो । मंगलबार भीरबाट लडेका गौरीशंकर–१ जुगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको उपचारको क्रममा काठमाडौँको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

चैत्र १९ गते मंगलबार दिउँसो ३ बजे घरबाट घाँस काट्न गएका कार्की गाउँको तिरेपु भीरबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिएका छन् ।

भीरबाट तल खसेर घाइते भएका कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो भने उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।