Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

स्वास्थ्य मन्त्रालयद्वारा अनावश्यक यात्रा नगर्न आग्रह

२० बिहिबार , चैत्र २०८१एक बर्ष अगाडि

स्वास्थ्य मन्त्रालयद्वारा अनावश्यक यात्रा नगर्न आग्रह

केही दिनयता काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढेकाले अनावश्यक यात्रा र बिहानी हिँडाई नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाहिर यात्रा गर्नै परेमा अनिवार्य रुपमा मास्क लगाउन र अत्याधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरेको हो ।

विश्वभरिको वायु प्रदूषणको अवस्था मापन गर्ने वल्र्ड एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार नेपालको वायु केही दिनदेखि विश्वकै अत्याधिक अस्वस्थकर सूचीको अग्रस्थानमा छ । जारी विज्ञप्तिमा उल्लेख छ, ‘वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटीलगायतका अंगहरुमा गम्भीर असर पार्दछ । साथै, दम, क्यान्सरजस्ता नसर्ने तथा दीर्घ रोगहरुको जोखिमसमेत बढाउँछ ।’

वायु प्रदूषणले शारीरिक तथा मानसिक रुपमा कमजोर शिशु जन्मिने सम्भावनासमेत उच्च रहने उल्लेख गर्दै मन्त्रालयले भनेको छ, ‘नेपालमा वायु प्रदूषणका कारण हरेक वर्ष हुने मृत्युमा विशेष गरी पाँच वर्ष मुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी र ज्येष्ठ नागरिकहरु बढी जोखिममा पर्ने गरेका छन् । मुलुकमा रोग र मृत्युदर वृद्धि गराउने प्रमुख कारणमध्ये वायु प्रदूषण पनि प्रमुख कारकका रुपमा देखिएको छ ।’