Advertisement Banner
Advertisement Banner

२१ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आजदेखि दोस्रो तानसेन महोत्सव शुरु

२१ शुक्रबार , चैत्र २०८१एक महिना अगाडि

आजदेखि दोस्रो तानसेन महोत्सव शुरु

पाल्पा व्यापार संघको आयोजनामा आजदेखि दोस्रो तानसेन महोत्सव हुँदै छ । आजदेखि शुरु हुन लागेको दोस्रो तानसेन महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।

हिँजो बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष विष्णुबहादुर कार्कीले जानकारी दिएका छन् । साथै, उनले तानसेनसहित समग्र जिल्लाको पर्यटन, व्यापार, रोजगारी, कृषि उद्योगको विकास र विस्तारमा टेवा पुग्ने उदेश्यका साथ् महोत्सव महोत्सवको आयोजना गरिएको बताएका छन् ।

उक्त महोत्सवमा ३ सयभन्दा बढी स्टल रहने छ भने नेपालको पहिलो र ठूलो फिस टनेल महोत्सवको रूपमा रहेको छ । यो महोत्सवमा विभिन्न प्रजातिका जिउँदो माछाको दृश्य अवलोकन गर्न पाइने आयोजकले बताएको छ ।

पाल्पा व्यापार संघका महासचिव तुलबहादुर अधिकारीका अनुसार उक्त महोत्सवमा कृषि उत्पादन, लघु तथा घरेलु उत्पादनको प्रदर्शनी, शैक्षिक सामग्री, विभिन्न वेशभूषा, कला संस्कृति संस्कृति झल्किने झाँकी प्रदर्शन हुने बताइएको छ । तानसेन डान्स आइडलका साथै राष्ट्रिय तथा अन्ताराष्ट्रिय कलाकारको दैनिक प्रस्तुति रहने समेत महासचिव अधिकारीले बताएका छन् ।

उक्त महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने ८ करोडभन्दा बढीको कारोबार हुने आयोजकको दाबी रहेको छ । तानसेन नगरपालिका मुख्य आयोजक रहेको महोत्सवमा नगरपालिकाले एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि चितवनलाई ९५ लाखमा महोत्सव गर्ने ठेक्का दिएको थियो ।