Advertisement Banner
Advertisement Banner

२१ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

२१ शुक्रबार , चैत्र २०८१एक महिना अगाडि

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतको प्रतिष्ठित म्यागजिन ‘बिजनेस कनेक्ट’ द्वारा ग्राहक केन्द्रित बैंकको रुपमा महालक्ष्मी विकास बैंक सम्मानित भएको हो ।

भारतको प्रतिष्ठित म्यागजिन ‘बिजनेस कनेक्ट’ले ग्राहक सेवालाई निरन्तर विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराएको तथा ग्राहकलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधा उपलब्ध गराएको भन्दै बैंकलाई सम्मान गरेको हो ।

यता बैंकले यो सम्मानले ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरुमा वित्तीय पहुँचबाहिर रहेका नागरिकलाई समेत बैंकिङ प्रणालीमा ल्याउने र अन्तराष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।

भारतको उक्त बिजनेस कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचार तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाको कभर स्टोरीलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आइरहेको छ ।