
जनकपुरधाममा आयोजित एक कार्यक्रममा विद्यापति पुरस्कार कोषद्वारा दश जना श्रष्टा पुरस्कृत भएका छन् । २०६८ सालमा स्थापना भएको कोषले चैत्र २० गते बिहिबार जनकपुरधाममा आयोजित कार्यक्रममा मैथिली भाषाका महाकवि विद्यापतिको नाममा स्थापित कोषले दश जना श्रष्टालाई सम्मान गरेको हो ।
मैथिली भाषाका महाकवि विद्यापतिको नाममा स्थापित कोषले प्रत्येक वर्ष पाँच जनालाई दिइने उक्त पुरस्कार २०८०/ २०८१ सालका लागि यस वर्ष प्रदान गरिएको कोषले जनाएको छ । नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८० चर्चित मैथिली गायक रामकुमार मण्डल र २०८१ दिपा मैथिली आर्ट ग्यालरीलाई प्रदान गरिएको छ ।
त्यस्तै नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार २०८० विनोदकुमार यादव र २०८१ माला कर्णलाई प्रदान गरिएको छ भने नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार २०८० पत्रकार श्यामसुन्दर शशी र २०८१ कवि काशी कान्त झालाई प्रदान गरिएको छ ।
त्यसैगरी नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०८० विद्याधर झा र २०८१ पत्रकार श्यामसुन्दर यादवलाई प्रदान गरिएको छ भने पुरस्कृत भएकाहरुमध्ये भाषा साहित्य पुरस्कार २ लाख तथा बाँकी पुरस्कार एक–एक लाख राशीको साथै सम्मानपत्र रहेको छ ।