
नेपालकाे संघीय राजधानी काठमाडौँ विश्वकै पहिलो प्रदूषित शहर बनेकाे छ । पछिल्ला दिनहरूमा वायु प्रदूषणको चपेटामा परेसँगै काठमाडौँ उपत्यका पहिलो प्रदूषित शहर बनेकाे हाे ।
काठमाडौँ उपत्यकाकाे आज बिहान ७ ः ५५ बजेको मापन अनुसार, काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) २७० पुगेको छ, जसले गर्दा काठमाडौँ विश्वकै पहिलो प्रदूषित शहर बनेको हो । त्यस्तै भारतको राजधानी दिल्ली २६५ एक्यूआईसहित प्रदूषणको सूचिकाे दोस्रो स्थानमा रहेकाे छ ।
त्यसैगरि प्रदूषणको सूचिमा पाकिस्तानको लाहोर १९९ एक्यूआईसहित तेस्रो स्थानमा रहेकाे बताइएकाे छ । हाल काठमाडौँको हावा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्थामा पुगेको र केही दिनअघि चलेको हावाले प्रदूषण अलिकति घटाए पनि स्थिति अझै गम्भीर रहेकाे स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
त्यस्तै लामो समयदेखि पानी नपर्नुका साथै उपत्यका वरिपरिको जंगलमा लागेको डढेलोका कारण धुलो र धुँवाले आकाश ढाकिएको छ भने साेहि कारण वायु गुणस्तर अत्यधिक बिग्रिएको विज्ञहरुको भनाइ रहेकाे छ ।